सुदूर नेपाललाई विश्वसँग जोड्दै

इङ्ल्यान्ड युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश

२०८१ असार २३, ०६:१६

काठमाडौंः इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो।निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो।

त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। ८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल ग¥यो । डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ।

कमेन्ट लोड गर्नुस