सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुडानमा सैनिक शासन विरुद्ध प्रदर्शन, ३० जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २१, ०४:१५

सुडानमा सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु भएको छ। सुडानको राजधानी खार्तुममा सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो। उक्त घटनामा सयौं घाइते भएको जनाएको छ।

खार्तुमस्थित सेनाले एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारकर्मीहरुले जनाएका छन्। सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो। 

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए।

यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालभित्रै प्रवेश गरेर गोली चलाइएको घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन। संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस