सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

२०८१ असार २१, ०७:०८ खबर संवाददाता

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ।

बिहीवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी नोभेम्बर र डिसेम्बरमा लिग आयोजना गर्ने निर्णय गरेको हो।

साथै, बैठकले टीयू क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ। र, क्यानले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ।

कमेन्ट लोड गर्नुस