सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय क्रिकेट टिमको भव्य विजयोत्सव 

२०८१ असार २१, ०७:५६ खबर संवाददाता

काठमाडौँ: टी–२० विश्वकप क्रिकेट विजेता भारतीय टिमको भारतमा भव्य स्वागत भएको छ। बिहीबार बिहान आएको टिमले बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेको थियो । साँझ भएको भिक्ट्री परेड (विजयोत्सव) मा तीन लाख मानिस सहभागी भएका थिए। 

मुम्बईको नरिमन पोइन्टबाट भएको उक्त विजयोत्सवमा सबै खेलाडीहरु ओपन बसमा सवार रहेका थिए। परेडको समापन २.२ किलोमिटरको स्थानमा रहेको वानखेडे स्टेडियममा भएको थियो। सो क्रममा तीन लाख भन्दा बढी क्रिकेटप्रेमी सहभागी भएका थिए। 

सो क्रममा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टिमलाई १२५ करोड भारु पुरस्कार दिएको छ। वानखेडेमा खेलाडीहरुको सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो। कप्तान रोहित शर्माले सबैलाई धन्यवाद दिए। 

वर्षाका कारण पनि प्रशंसक भने रोकिएका थिएनन्। भारतले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो। भारतले टी–२० मा दोस्रो विश्वकप उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो। भारतले पहिलो पटक अपराजित रहँदै उपाधि जितेको हो। यो टी–२० क्रिकेट इतिहासमा कीर्तिमान पनि हो। 

कमेन्ट लोड गर्नुस