सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबारदेखि भारतीय वायुसेवाको विमान सम्पर्क विहिन, अझै भेटिएन

। फोटो स्रोत ।
२०७६ जेठ २१, १०:२७

आइतबार चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान अझै भेटीएको छैन। विमानको खोजी कार्यका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ। आइतबार चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२  सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन।

चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो। विमानको खोजी कार्य भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन्। विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ।

कमेन्ट लोड गर्नुस