कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०८२ जेठ २२, १२:१७
धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टर क्षेत्रबाट राहुल साउँद लागुऔषधसहित पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–१५ का साउँद तीन ग्राम ६६ मिलिग्राम खैरोहिरोइनसहित पक्राउ परेका छन्।उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।


कमेन्ट लोड गर्नुस