सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुयोग सहकारीका अध्यक्षसहित तीन जना पक्राउ

२०८१ असार १८, ०७:१४ खबर संवाददाता

काठमाडौं : सुयोग बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले सुयोगका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो। उनीहरूले सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। 

सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ। तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए। प्रहरीले बारा, ललितपुर र भक्तपुरबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।

अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस