सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ५ विद्यालयसँग मागियो लिखित स्पष्टीकरण

२०८१ असार २०, ०३:२४ खबर संवाददाता

धनगढी: धनगढीका पाँच विद्यालयसँग उपमहानगरपालिकाले लिखित स्पष्टीकरण मागेको छ। कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको ग्रेडसिट र प्रमाणपत्र नबुझेको भन्दै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको हो।

बिहीवार सोधिएको स्पष्टीकरणमा बैशाख २० गते प्रकाशित भएको परीक्षाको ग्रेडसिट र प्रमाणपत्र हालसम्म नलैजानुको कारण लिखित रूपमा असार २३ गतेभित्र पेस गर्न भनिएको छ। उपमहानगरपालिकाले धनगढी-२ को लिटल फ्लावर इङ्गलिस स्कुल, वडा नम्बर ५ को चैतन्य पाठशाला, वडा नम्बर ७ को कैलाली विद्या निकेतन, वडा नम्बर ७ को डिलाइट इङ्गलिस स्कुल र वडा नम्बर १८ को कैलाश मालिका बोर्डिङ स्कुललाई स्पष्टीकरण सोधिएको छ।

कमेन्ट लोड गर्नुस