सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट वन मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ असार १७, ०६:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा वन मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट  नगरपालिका–२ दैजीका लोकेन्द्रबहादुर रोकायालाई प्रहरीले सोमवार पक्राउ गरेको हो। रोकायालाई जिल्ला अदालतले २०७३ माघ १३ गते वन अतिक्रमणको मुद्दामा ५ महिना ५ दिन कैद र १० हजार रुपैँया जरिवाना तोकेको थियो।

सजाए तोकेकै दिनबाट फरार रहेका रोकायालाई पक्राउ गरी अदालतमा पेश गराएकोमा अदालतले कैद सजाय भुक्तानको लागि कारागार चलान गरेको छ।
 

कमेन्ट लोड गर्नुस