सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोल्पामा पहिरोमा परी ज्यान गुमाउने र बेपत्ता हुने ९ जनाको पहिचान खुल्यो

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८३ साउन २८, ११:०० खबर संवाददाता

रोल्पाः रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। घटनामा दुई जना घाइते भएका छन् भने नौ जना बेपत्ता छन्।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

बुधबार राति अविरल वर्षासँगै आएको पहिरोले कोटलबारामा घर तथा गोठ पुरेको थियो। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीले उद्धार र खोजी कार्यलाई तीव्रता दिएका छन्।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस