कञ्चनपुरबाट भन्सार छलीको बोईलर कुखुरा र पेय पदार्थ बरामद
धनगढीः कञ्चनपुरबाट भन्सार छलीको बोईलर कुखुरा र पेय पदार्थ बरामद गरिएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३४ हजार २ सय बराबरको बोईलर कुखुरा र पुनर्वास नगरपालिका–३ एसपिएल स्कुल नजिकैबाट अन्दाजी मुल्य २० हजार २ सय बराबरको पेय पदार्थ, कपडा र किराना लगायका सामान प्रहरीले बरामद गरेको हो। इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेवारिसे अवस्थामा फेला पारी सामान नियन्त्रणमा लिएको जनाएको छ।