सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा बगेर बेपत्ता भएका मजदुरको मृत्यु

२०८१ असार १७, ०८:०८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको महाकालीमा बगेर बेपत्ता भएका मजदुरको मृत्यु भएको छ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन्।

गुरुङ आइतवार दिउँसो महाकाली नदीमा माछा मार्न गएको बेला डुबेर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट प्रहरी टोली खटि खोजतलास गर्दा उनलाई साँझ मृत अवस्थामा फेला पारेको जोशीले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस