सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमको अभिनय रहेको ’कलेजी कटाउन्या माया’ बोलको गीत बजारमा

२०८१ असार १६, ०६:१६ खबर संवाददाता

’कलेजी कटाउन्या माया’ बोलको गीत सार्वजनिक गरिएको छ।

सुदूरपश्मि प्रदेशका महेश कुमार औजी र बादल थापाको स्वर रहेको गीतको भिडिओमा गायक चक्र बम, मोडल कविता न्यौपाने र जोन बमको अभिनय छ। गीतमा प्रेम र विछोडको कथा देखाइएको छ।’ कलेजी कटाउन्या माया’ गीत एक दशकअघि सार्वजनिक भएर चर्चामा आएको थियो।

अहिले सोही गीतलाई नयाँ भर्सनमा ल्याइएको हो। गीतमा शब्द र संगीत महेश औजीको छ भने कमल सौरागले एरेन्ज गरेका हुन्। शान थापाको निर्देशनमा तयार भिडिओलाई बुद्ध थापाले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो।
 

कमेन्ट लोड गर्नुस