सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै २ लाखको अबैध सामान बरामद

२०८१ असार १६, ०२:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले झण्डै २ लाख मुल्यको अबैध सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ६१ हजार, इलाका प्रहरी कार्यालय ब्रह्मदेवको प्रहरी टोलीले ११ हजार तीन सय, प्रहरी चौकी परासनले ३४ हजार ६६०, प्रहरी चौकी खड्डाकंकडले १२ हजार मुल्यको अवैध सामान बरामद गरेको हो।

त्यस्तै प्रहरी चौकी भुडाले पाँच हजार ६९० र प्रहरी चौकी फटैयाले ४५ हजार पाँच सय गरेर कुल एक लाख ७० हजार २५० मुल्यको विडी, सुर्ती, तेल, पेय पदार्थ, कपडा, जुत्ता, चप्पल र चिनी लगायतका अबैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस