गीताज्ञान अभियानको सुदूरपश्चिम प्रदेश संयोजन समिति घोषणा
धनगढीः सनातन वैदिक ज्ञानको सारको रुपा रहेको गीता ज्ञानलाई जीवन र समाजसँग जोड्दै, व्यक्तिगत र सामाजिक रुपान्तरणमा गीता ज्ञानलाई प्रयोग गर्ने लक्ष्यका साथ सुरु भएको अभियान हो।
यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई वर्तमान जीवनसँग जोड्दै यसको प्रवर्धन गर्ने कार्यमा निरन्तरता दिँदै आएको छ। यस अभियानलाई सुदूरपश्चिम प्रदेशमा विस्तार र प्रभावकारी बनाउने उद्देश्यले संयोजन समिति गठन गरिएको छ।
कैलालीको गोदावरीस्थित गोदावरी गुरुकुल संस्कृत विद्यापीठमा भएको अभियन्ताहरुको भेलाले संयोजन समितिको घोषणा गरेको छ। सो समितिको संयोजकमा सुरेन्द्र ओझा चयन भएका छन। सह–संयोजकमा धर्मराज जोशी, सुवास भट्ट र कविता अधिकारी चयन भएका छन। साथै सल्लाहकार समितिमा ज्योतिष पण्डित मनिराज जोशी, संस्कृतिविद् पद्मराज जोशी ’प्रभात’ र मानसखण्ड अध्येता आचार्य घनश्याम लेखक चयन भएका छन्।