सुदूर नेपाललाई विश्वसँग जोड्दै

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

२०८१ असार १५, ०७:४९ रासस

बागलुङ: बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। 

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ। स्थानीयले उनीहरूको खोजी गरिरहेका छन्। यसैबिच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ। 

कमेन्ट लोड गर्नुस