सुदूरपश्चिम प्रदेशका सार्वजनिक स्थलमा अब सीसी टिभी

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक स्थलमा सि.सी टिभी जडान गर्ने कामलाई अगाडी बढाउने भएको छ। आईतबार प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलहरुमा सी.सी टिभी राखिने कुरा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रमको २ सय ४ नम्बर बुँदामा सबै सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी र सार्वजनिक स्थलहरुमा सी.सी टिभी जडान गरी अनुगमनको व्यवस्था गरिने भनिएको छ। यस्तै प्रदेश सरकारका मन्त्रालय र अन्तरगतका निकायहरुको कार्य जिम्मेवारी, दरवन्दी एवं संगठन संरचना पुनरावलोकन गर्न संगठित तथा व्यवस्थापन सर्वेक्षण गरिने पनि नीति तथा कार्यक्रममा रहेको छ।




