सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हङ्गामा’ मार्फत अभिनयमा फर्किए धुर्मुस–सुन्तली

२०८१ असार १४, ०८:०१ खबर संवाददाता

काठमाडौँः लामो समययता अभिनय यात्रा रोकेर समाजसेवामा सक्रिय हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अभिनयमा फर्किएका छन्।

केही अगाडि स्टेज कार्यक्रममा फर्किएका यो जोडी अहिले ‘हङ्गामा’ गीतको म्युजिक भिडियो मार्फत अभिनयमा फर्किएका हुन्। गायिका सुजाता केसी र तुलसी सिवाकोटीको स्वर रहेको रोमान्टिक गीतको भिडियोमा धुर्मुस–सुन्तली नयाँ शैलीमा  प्रस्तुत भएका छन्। सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा केशव बडूको एरेन्ज छ। 
 

कमेन्ट लोड गर्नुस