सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘द डार्क फाइल’को ‘फेक’ अडिओ प्रकरणमा तीन जनाविरुद्ध अर्को मुद्दा दर्ता

२०८१ असार १४, ०५:०८ खबर संवाददाता

काठमाडौँः ‘द डार्क फाइल’ नाम दिएको ‘फेक अडियो’ प्रकरणमा तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

बाग्लुङको काठेखोला गाउँपालिका–६ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेलसहित तीन जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो।

मुद्दा दर्ता हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौर घर भई भक्तपुरको मध्यपुर थिमी–१ मनोहरा प्लानिङ बस्ने राजकुमार तिमल्सिना छन्। उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा तीनै जनालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा दर्ता भएको हो।

सर्वोच्च अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले प्रसारण गरेको डार्कफाइल अडिओको अनुसन्धान गर्दा नक्कली रहेको पुष्टि भएको थियो। फेक भएको प्रमाणसहितको प्रतिवेदन प्रहरीले बुझाएपछि त्यसैका आधारमा मुद्दा दर्ता गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस