सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका १८ विद्यालयमा नेपाली सेनाले ‘सेवा दल’ तालिम दिने

२०८१ असार १४, ०४:३० रासस

धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १८ सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुवात गरेको छ।

सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन्। कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई।दुई, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक÷एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ।

युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ।

आज (शुक्रवार) महेन्द्रनगरस्थित श्री राष्ट्रिय  बाल विद्यालयमा पनि सो तालिमको श्री नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गरे। जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस