सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

२०८१ असार १३, ०८:४२ खबर संवाददाता

काठमाडौं: अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै ६० रन बनायो।  दक्षिण अफ्रिकाका रिजा हेड्रिक्सले अविजित रहँदै सर्वाधिक २९ रन बनाए। २५ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।

कप्तान एडन मार्क्रम २३ रनमा अविजित रहँदा ओपनर क्विन्टन डी कक पाँच रनमा पेभिलियन फर्किए। अफगानिस्तानका फजलहक फारुकीले एक विकेट लिए। त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनाएको थियो।

अफगानिस्तानका अजमतउल्लाह ओमरजाईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज शम्सीले समान तीन विकेट लिए। कगिसो रबाडा र अनरिख नार्खिऐको नाममा समान दुई विकेट रह्यो।

कमेन्ट लोड गर्नुस