सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार १२, १०:४१ खबर संवाददाता

धनगढीः कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको चट्याङ लागेर मृत्यु भएको हो। आज (बुधवार) बिहान घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकल महापार्वतीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।

त्यस्तै जिल्लाको भजनी नगरपालिका–६ महादेउलीका ५५ वर्षीय रामबहादुर चौधरी घाइते भएका छन्। उनको दाहिने हात चट्याङ लागेर जलेको छ। उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस