सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

२०८१ असार १२, ०८:४६ खबर संवाददाता

डोटीः डोटीमा एक पसलमा मंग्लवार (हिजो) आगलागी भएको छ।

जिल्लाको शिखर नगरपालिका–२ कालागाड स्थित डम्मरबहादुर जोराको जस्तापाता र काठले बनेको १ तले कच्ची किराना पसलमा आगलागी भएको हो। होटलमा खाना पकाउने ग्याँस लिक भइ आगलागी भएको र सँगै जोडिएर रहेको मासु पसलमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आगलागीबाट होटल तथा पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज, खाद्यान्न, १० वटा बोईलर कुखुरा जलेर अन्दाजी १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो।
 

कमेन्ट लोड गर्नुस