सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारीका लागि भारत जाने युवालाई प्रोत्साहन गर्न विमा

२०७६ जेठ १९, ०७:२४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक गरेको अगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा भारतमा रोजगारी गर्न जाने युवाहरुलाई प्रोत्साहन गर्न विमा गर्ने कार्यक्रम ल्याएको छ। सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर ९६ मा भारतमा रोजगारी गर्न जाने युवाहरुलाई वीमा गर्नका लागि प्रोत्साहन गरिने कुरा उल्लेख गरिएको छ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमै रोजगारीका अवसर सिर्जना गरी भारतमा रोजगारी गर्नुपर्ने बाध्यता हटाउने आश्वासन बाडिरहेका बेला सरकारले यस्तो नीति सार्वजनिक गरेको छ। यस्तै सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुकालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न सहुलियत दरमा क्रण उपलब्ध गराउने नीति अवलम्वन गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।   

कमेन्ट लोड गर्नुस