सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजधानी कपः फारवेष्ट पशुपति युवा क्लव क्वाटरफाईनलमा

२०७६ जेठ १९, ०७:१०

कैलालीको अत्तरीयामा सुरु भएको गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन धनगढीको फारवेष्ट पशुपति युवा क्लव विजयी भएको छ। तेघरी स्थित वनदेवी युवा क्लवको मैदानमा भईरहेको प्रतियोगिताको दोस्रो दिनको खेलमा फारवेष्ट पशुपति युवा क्लबले अत्तरियाको माउण्ट एभरेष्ट युवा क्लबलाई २–० ले हराएको हो। फारवेष्टको जितमा रोशन खत्री र भिष्म भाटले १-१ गोल गरे। खत्रीले पहिलो हाफको ११ औं मिनेटमा गोल गरे भने भिष्म भाटले दोस्रो हाफको ८२ औं मिनेटमा गोल गरे। यो जितसँगै फारवेष्ट पशुपति युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ। सेमिफाईनल प्रवेशका लागि पहिलो चरणमा वाई पाएको वनदेवी युवा क्लबसँग फारवेष्टले प्रतिस्पर्धा गर्नेछ। 
प्रतियोगिता अन्तर्गत सोमबार सुदुरपश्चिम–११ स्पोर्टस क्लव र मनकामना युवा क्लव बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले चार लाख तथा उप– विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५-१५ हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याचलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ। 
 

कमेन्ट लोड गर्नुस