सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर छोडेर हिँडेको छोरो फेरि घर फर्किएको अनुभूति भयो : प्रचण्ड

२०७६ जेठ १९, ०५:२८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द विप्लव आफ्नो पार्टीमा आउने दावी गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीमा आउने बताएका हुन। 

आइतबार काठमाडौँमा विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टीमा प्रवेश गराउँदै उनले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने बताए। चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै भन्दै उनले आफुहरु सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गरे।

उनले भने, मुलुकमा समाजवादको आधार तयार पार्नेगरी सरकारले बजेट र नीति तथा कार्यक्रम ल्यो, अब त्यसैमा समाहित भएर मात्रै पिछडिएका जनतालाई समृद्ध बनाउन सकिन्छ। उनले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरि घर फर्किएको अनुभूति भएको भन्दै राईलाई पार्टीभित्र उचित जिम्मेवारी दिने प्रतिबद्धता पनि व्यक्त गरे। 

कमेन्ट लोड गर्नुस