सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरेश र खैरो हेरोईनसहित २ जना पक्राउ

२०८१ असार १०, ०८:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेश र खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-२ बाणीबाट सोही ठाउँ बस्ने ५६ वर्षीय हरीलाल ऐरलाई उनले संञ्चालन गरेको खुद्रा पसलबाट २९.३५ ग्राम चरेशसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टर नजिकबाट भीमदत्त नगरपालिका-२ बस्ने २९ वर्षीय पुरुषोत्तम जोशी २.६३ ग्राम खैरो हेरोईनसहित पक्राउ परेका छन्। जोशीलाई खैरो हेरोईनसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। यी दुुबै जनालाई आइतवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

कमेन्ट लोड गर्नुस