लागूऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहा पक्राउ
२०८१ असार १०, ०७:२१
कञ्चनपुरः लागूऔषध मुद्दामा फरार कञ्चनपुरकी नेहा सार्की पक्राउ परेकी छिन्।
कञ्चनपुर जिल्ला अदालतको मिति २०८० चैत्र १३ गतेको फैसलाले लागूऔषध मुद्दामा २० दिन कैद भुक्तान गर्न बाँकी भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने सार्कीलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो। सार्कीलाई अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागार चलान भएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस