सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवतीमाथि बलात्कारको आरोपमा एक युवक पक्राउ

२०८३ साउन ३१, ०१:३६ खबर संवाददाता

धनगढीः कैलालीमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा २८ वर्षका युवक पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–६ बेलुवाका २८ वर्षीय रामसेवक कुश्मी चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

टीकापुरमा १९ वर्षीया युुवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

कमेन्ट लोड गर्नुस