सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

२०८३ कार्तिक २३, ०८:४९ खबर संवाददाता

बाजुराः तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ। जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिवारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो। 

अदालतका अनुसार उक्त अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ।

 

कमेन्ट लोड गर्नुस