सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहका पोलिटव्यूरो सदस्य सत्तारुढ नेकपामा प्रवेश

। फोटो स्रोत ।
२०७६ जेठ १९, ०१:५३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको छन्। आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा पोलिटव्युरो सदस्य पदम राईलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गर्दै राईले भने, सुरक्षा खोज्दै नेकपामा आएको होइन, देश समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले पार्टी प्रवेश गरेका हुँ। यस्तै प्रचण्डले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन्। राई भोजपुरका तत्कालीन माओवादी नेता थिए।
 

कमेन्ट लोड गर्नुस