सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसमा विस्फोट : ७९ जना घाइते

। फोटो स्रोत ।
२०७६ जेठ १९, १२:२९

रुसमा एक कारखानामा विस्फोट हुंदा ७९ जनाका घाइते भएका छन्। रुसको जसिङ्क शहरमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन् भने आसपासका १ सय ८० घरमा क्षती पुगेको जनाइएको छ। रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने उक्त कारखानामा एक्कासी विस्फोट भएको र सो विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ।  

घाइतेमध्ये ३८ जना मजदुर र ४१ जना सर्वसाधारण भएको अधिकारीहरुले बताएका छन्। शक्तिशाली विस्फोट भएपछि कारखाना रहेको भवनका सीसा र धातुले लागेर धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन्। विस्फोटपछि त्यस क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

कमेन्ट लोड गर्नुस