सुदूर नेपाललाई विश्वसँग जोड्दै

 फिल्म ‘हामी छौँ’को छायाङ्कन सुरु

२०८१ असार ६, ०६:२० खबर संवाददाता

काठमाडौँः सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’ को छायाङ्कन सुरु भएको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको छायाङ्कन बुधबारदेखि चित्लाङबाट सुरु भएको हो। आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ। सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहने डकुड्रामामा   त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकीलगायतको अभिनय छ।

प्रस्तुतकर्ता शोभितले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। उनले गीतबाट डकुड्रामाको छायाङ्कन सुरु गरिएको जानकारी दिए। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको छ।

डकुड्रामामा रामजी राउत क्रिएटिभ डिरेक्टर, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ। यसको सुटिङ अवधि ४५ दिन रहनेछ। 
 

कमेन्ट लोड गर्नुस