कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो।
फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।