सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण भारत र क्यानडाबिचको खेल रद्द

२०८१ असार १, ०९:५५ खबर संवाददाता

एजेन्सीः टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ। अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरे।

वर्षाका कारण यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो। फ्लोरिडामा वर्षाका कारण आजको खेलको टस समेत हुन सकेन। फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ। टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ। सन् २००७ मा भारत–स्कटल्यान्डको खेल पनि रद्द भएको थियो।

पाकिस्तान र आयरल्याण्डबिच समूह ए को अन्तिम खेल आइतवार फ्लोरिडाको यही मैदानमा हुनेछ। तर, दुवै टोली सुपर–८ को दौडबाट बाहिरिसकेका छन्। यस्तो अवस्थामा यो खेल औपचारिकता मात्र हुनेछ।
 

कमेन्ट लोड गर्नुस