सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राप्ति बनिन् ‘एसईई प्रिन्सेस–२०२४’ 

२०८१ जेठ ३२, ०९:१९ खबर संवाददाता

काठमाडौँः १२ औँ नामी कलेज ‘एसईई प्रिन्सेस–२०२४’ को उपाधि प्राप्ति श्रेष्ठले जितेकी छिन्।

श्रेष्ठले मोष्ट ट्यालेन्ट सहित शीर्ष उपाधि चुमेकी हुन्। सिजन मिडियाद्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा फस्ट रनर्सअप प्रीति शर्मा, सेकेन्ड रनर्सअप निरजरा श्रेष्ठ, थर्ड रनर्सअप ज्यास्मिन धमेना तथा फोर्थ रनर्सअप शुभ केसी घोषित भए। 

शीर्ष विजेता श्रेष्ठले ल्यापटप तथा नामी कलेजमा १ लाख बराबरको छात्रवृत्ति र फस्ट तथा सेकेन्ड रनर्सअपले क्रमशः सामसुङ मोबाइल फोनका साथै प्लस टु अध्ययनको छात्रवृत्ति र थर्ड तथा फोर्थ रनर्सअपले डिजिटल स्माटवाचका साथै छात्रवृत्ति पनि पाए।

कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकाहरूलाई ‘विशेष शैक्षिक सेवा सम्मान २०८१’ द्वारा सम्मान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस