यार्सा टिप्न गएका तीन जनाको मृत्यु

डोल्पाको शे फोक्सोण्डो गाउंपालिमा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने ३ जना मध्ये दुई जना बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विक र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै जिल्लाको ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीया बुद्धि कार्कीको गत बिहीबार यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको जनाइएको छ। लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ। गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।




