जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक प्रहरी जवान मृत भेटिइन्

२०८१ जेठ ३१, ०५:३९
जनकपुरधामः जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन्।
कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन्। उनको मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।




कमेन्ट लोड गर्नुस