सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिपेन्द्रसिँह ऐरी क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त

२०७६ जेठ १७, ०५:४५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिँह ऐरी क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन्।
शुक्रबार एक कार्यक्रमका बीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो। दिपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिने छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्ग नेपालको स्टिकर आफ्नो ब्याटमा आगामी डिसेम्बर सम्मका लागि प्रयोग गर्ने छन्। क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउदा  खुशी लागेका उनले बताए। क्रिकेटिङ्ग नेपाल एउटा व्यवसायिक वेबसाइट हो। 
सन २०१७ मा किर्तिपुरमा भएको आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपनि दिपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन्। सन २०१३ मा काठमाडौंमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपसँगै शुरुवात गरिएको क्रिकेटिङ्ग नेपाल हाल आफ्नो सातौं बर्षमा चलिरहेको छ। केही बर्ष अंग्रेजी भाषामा नेपाली क्रिकेटको बारे सम्पूर्ण जानकारी दिदै आएको क्रिकेटिङ्ग नेपालले हाल नेपाली भाषामा पनि छुट्टै वेबसाइट निर्माण गरेको छ। 
 

कमेन्ट लोड गर्नुस