सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ, एक जना फरार 

२०८१ जेठ २६, ०८:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

बेदकोट नगरपालिका–६ घुर्सुवाबाट लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने २७ वर्षीय अबिशेक चटौतलाई ०.०९ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित शुक्रवार नियन्त्रणमा लिएको छ। चटौतलाई सोधपुछ गर्दा सोही ठाउँ बस्ने सागर साउँदले लागूऔषध किनबेच गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

साउँदको घरमा खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा ०.११ ग्राम लागूऔषध (खैरो हिरोईन) डिजिटल काँटा र प्लाष्टिकको पुडिया बनाउन काटेको कालो प्लाष्टिक बरामद भएको प्रहरीले जनाएको छ। साउँद घरमा फेला नपरेको प्रहरीले जनाएको छ। उनी फरार रहेकाले उनको खाजी कार्य भइरहेको प्रहरीको भनाई छ।

यसैगरी शुक्रवार भीमदत्त नगरपालिका–४ गोबरिया बस्ने ३१ वर्षीय रविसिंह भाटको घरमा लागू औषध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा भाटको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको लागूऔषध फेनारगन एमपुल २०५ थान, रेक्सोजेसिक एमपुल ३४ थान र प्रयोग भएको सिरिञ्ज थान १ समेत बरामद गरी भाटलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

कमेन्ट लोड गर्नुस