सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका ६ हजार बढी बालबालिकाले लगाए आईपीभी खोप

२०८१ जेठ २५, ०४:४२ खबर संवाददाता

दार्चुलाः दार्चुलाका ६ हजार बढी बालबालिकाले पोलियो रोग विरुद्धको आईपीभी खोप लगाएका छन्।

यही जेठ १३ देखि १९ गतेसम्म सञ्चालित खोप अभियानमा ६ हजार २० जना बालबालिकाले सो खोप लगाएका हुन्। जिल्लाको महाकाली नगरपालिकाका १ हजार ३३६ र शैल्यशिखर नगरपालिकाका ९४९ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले बताए।

सुपरभाइजर भट्टका अनुसार अपिहिमाल गाउँपालिकाका २६१ जना, दुहुँका ३९८, नौगाडका ७८९ , व्याँसका ३३९, मार्माका ८६०, मालिकार्जुनका ५३२ र लेकमका ५४२ जना बालबालिकालाई खोप लगाइएको छ। खोप अभियान अन्तर्गत जिल्लाभर ७१२ जना स्वयंसेवक परिचालन गरिएको थियो।

कमेन्ट लोड गर्नुस