सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कँडेल पक्राउ, पार्टीबाट पनि निलम्बन

२०७६ जेठ १६, ०२:२१

चितवनमा निर्माणाधीन अन्तराष्ट्रिय त्रिकेट रगंशालाको बार भत्काउने एक जनालाई प्रहरीले प्रक्रउ गरेको छ। निमार्णाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई गएराति पक्राउ गरिए संगै उनलाई नेकपा चितवनले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ।

नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज एक वक्ततव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको जानकारी दिएका छन्। नेकपाले घटनामा संग्लन्नलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन वक्तब्यमार्फत माग गरेको छ। 

यस्तै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला निर्माणस्थलमा काम गर्ने वातावरण सिर्जना नभईन्जेल निर्माण स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनले आयोजना सुरु भएदेखिनै विभिन्न अनुचित माग राखि कर्मचारीलाई धम्क्याउँदै आएको भएपनि बेवास्था गर्दै आएको तर बारसमेत भत्काएर निर्माणमा अवरोध सिर्जनामा भएकाले सुरक्षाको प्रत्याभूति नहुन्जेल काम बन्द हुने जानकारी दिए।

बुधबार प्रकाश कडेँलको नेतृत्वमा गएको समूहले डोजर लगाएर बार भत्काएको थियो । 

कमेन्ट लोड गर्नुस