सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकी पूर्वराष्ट्रपति  डोनाल्ड ट्रम्प ३४ मुद्दामा दोषी

२०८१ जेठ १८, ०७:१७ खबर संवाददाता

एजेन्सीः अमेरिकाको राष्ट्रपतिमा उम्मेदवार बन्ने तरखरमा लागेका पूर्वराष्ट्रपति  डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ।

न्युयोर्कमा भएको सुनुवाइका क्रममा उनलाई दोषी ठहर गरिएको हो। अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो। आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ। ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ।

कानुनी विज्ञहरुले ट्रम्पलाई जरिवाना मात्रै गर्ने सम्भावना पनि रहेको बताएका छन्। ट्रम्पले फैसलालाई अपमानजनक भन्दै मुद्दाको अध्यक्षता गर्ने न्यायाधिश माथि नै आक्रमण गरेका थिए। आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडेनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको उनका समर्थकको आरोप छ।
 

कमेन्ट लोड गर्नुस