सुदूर नेपाललाई विश्वसँग जोड्दै

कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहिया रिहा 

२०८१ जेठ १६, ०९:२२ खबर संवाददाता

काठमाडौंः कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले बुधवार साँझ सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो। सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा उनलाई प्रहरीले रिहा गरेको जानकारी दिएका छन्।

नागरिकता सम्बन्धमा अनुसन्धान गर्न भन्दै सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो।

कमेन्ट लोड गर्नुस