सुदूर नेपाललाई विश्वसँग जोड्दै

रफाहमा इजराइलले गरेका आक्रमणप्रति फ्रान्सका राष्ट्रपति आक्रोशित

२०८१ जेठ १४, ०६:४८ खबर संवाददाता

एजेन्सीः फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमवार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन्।

उक्त आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।  “यो कारबाही बन्द हुनुपर्छ, प्यालेस्टिनी नागरिकहरूका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र छैन”, म्याक्रोनले अङ्ग्रेजीमा सामाजिक सञ्जाल एक्समा भनेका छन्, “म अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मान र तत्काल युद्धविरामको आह्वान गर्दछु।”

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले रातभर भएको इजराइली आक्रमणमा मर्नेको सङ्ख्या बढेर ४५ पुगेको बताएको छ। आक्रमणमा शिविरमा आगो लागेपछि विस्थापित प्यालेस्टिनीहरू पालभित्रै जिउँदै जलेका थिए। मर्नेहरूमा धेरै महिला तथा बालबालिका रहेका छन्। इजराइली सेनाले आक्रमणमा मारिएका नागरिकहरूको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस