सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुग्लिन सडकखण्ड १४ दिनसम्म बन्द हुने

। फोटो स्रोत ।
२०७६ जेठ १५, १२:११

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड बिहिबार देखि १४ दिनसम्म दैनिक ९ घण्टा बन्द हुने भएको छ। पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईका अनुसार मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको हो। 

सडक विभागका अनुसार बिहिबार आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो। नयाँ पुलको दुवैतर्फको सडकमा काम हुँदा पुरानो पुलबाट पनि गुड्ने गाडी पनि अवरोध हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएकोे हो। मुग्लिनको पुरानो पुल जीर्ण भएकाले त्यहाँ नयाँ ‘आर्क ब्रिज’ बन्दैछ। आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ।

कमेन्ट लोड गर्नुस