सुदूर नेपाललाई विश्वसँग जोड्दै

खार्किभमा रुसी मिसाइल आक्रमणमा ६ जनाको मृत्युु

२०८१ जेठ १०, ०९:२६ खबर संवाददाता

एजेन्सीः रुसले उत्तरपूर्वी युक्रेनको खर्किभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ। एक दर्जनभन्दा धेरै घाइते भएको बताइएको छ। सो आक्रमणमा अरू २ जना बेपत्ता छन्।

सो सहरका मानिसहरूलाई आश्रय स्थलहरूमा बस्न भनिएको छ। आक्रमणमा आफ्ना कयौँ भौतिक संरचनाहरूमा क्षति पुगेको र कयौँ कर्मचारी घाइते भएको युक्रेनको सरकारी रेल्वे कम्पनीले बताएको छ। प्लेटेनिभ्का र भोभ्चान्ष्क सहर नजिक लडाई चलिरहेको बताइएको छ।

युक्रेनको हवाई रक्षाको अभावको फाइदा रुसले उठाइरहेको खार्किभमा भएको आक्रमणले उजागर गरेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन्। जेलेन्स्कीले मित्र देशहरूसँग बारम्बार हवाई रक्षा मिसाइल र आधुनिक फाइटर जेट पठाउन अनुरोध गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस