सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने

२०८१ जेठ ९, ०४:३४ खबर संवाददाता

एजेन्सीः नर्वेले युद्धग्रस्त प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिनेभनेपछि हमासले प्रतिक्रिया दिएको छ।

हमासले नर्वेको यस निर्णयलाई ‘निर्णायक टर्निङ प्वाइन्ट’ भनेको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासका वरिष्ठ नेता बसेम नइमले प्यालेस्टिनी जनताको कडा प्रतिरोधका कारण यो सम्भव भएको बताए। उनले भने, ‘यो निरन्तर मान्यता प्यालेस्टिनी जनताको दृढ संकल्प र प्रतिरोधको परिणाम हो।’ प्यालेस्टिनी मुद्दामा अन्तर्राष्ट्रिय परिस्थितिमा यो निर्णय महत्वपूर्ण टर्निङ प्वाइन्ट साबित हुने नइमले बताए।

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने बताएका छन्। उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताए।

कमेन्ट लोड गर्नुस