सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पनि नेप्से परिसूकमा दोहोरो अंकको कारोबार

२०८१ जेठ ९, ०४:२४ खबर संवाददाता

काठमाडौँः  शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ। मंगलवार २३.९४ अंकले बढेको शेयर बजार परिसूचक नेप्से बुधवार १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा उक्लिएको छ।

आज कारोबार रकम पनि बढेको छ। एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ। मंगलवार एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको थियो। बुधवार बैंक क्षेत्र सबैभन्दा धेरै ४.२३ प्रतिशतले बढेको छ।

यस्तै, होटल तथा पर्यटन क्षेत्र १.९ प्रतिशत र विकास बैंक ०.३३ र म्युचुअल फन्ड ०.३६ प्रतिशतले बढेको छ। यी बाहेक बाँकी समूह घटेका छन्। फाइनान्स र माइक्रो फाइनान्स १ प्रतिशतभन्दा बढीले घटेका छन्। ८१ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको शेयर घटेको छ। सबैभन्दा धेरै सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको १० प्रतिशतले बढेको छ।
 

कमेन्ट लोड गर्नुस