सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिपमा भन्सार छलिका सामान ल्याउँदै गरेका एक जना पक्राउ

२०८१ जेठ ७, ०४:५६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भन्सार छलिको सामान र जिपसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका–६ स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भन्सार छलिका अन्दाजी ३८ हजार पाँच सय मुल्य बराबरको ५५० किलोग्राम चिनी बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका–३ का ३३ वर्षीय केशव ठगुन्ना रहेका छन्। उनलाई से १ ज ६६० नम्बरको जिप सहित अस्थाई प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस